काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया आज हुने भएको छ। ओलीको शल्यक्रिया डा पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले गर्न लागेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्यखबरलाई बताए। सुचना अधिकारी रोस्याराले ओलीलाई शल्यक्रिया कक्षमा लगिसकिएको जानकारी दिए।
उनको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको चिकित्सकले बताएका छन्। ठूलो आकारको पत्थरी भएपनि चिकित्सकहरुले विभिन्न प्रकारका स्वास्थ्य जोखिम भएकोले लामो समयको छलफलपछि मात्रै शल्यक्रियाको निर्णय लिएका हुन्।
नजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेको दिनदेखी नै स्वास्थ्य समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालको‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा उपचाररत थिए।