२०८३, आश्विन २ गते

Sep 18 2026

दाइजोमुक्त विवाहमा मात्र सहभागी हुने उपसभामुख ठाकुरको घोषणा

दाइजोमुक्त विवाहमा मात्र सहभागी हुने उपसभामुख ठाकुरको घोषणा

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ ।  उपसभामुख रुबीकुमारी ठाकुरले आफूलाई बोलाएको विवाहमा दाइजोमुक्त नलेखिएकोमा बहिस्कार गर्ने घोषणा गरेकी छन्। उनले सामाजिक सन्जालमार्फत आफू दाइजोमुक्त विवाहमा मात्र सहभागी हुने बताएकी छन्।

    सबैमा नमस्कार,
    हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।
    दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ।
    यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।
    यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।
    अत: विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।
    आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।
    धन्यवाद।
    रुवि कुमारी ठाकुर
    उपसभामुख 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij