काठमाडौं । संसदीय समितिका सभापतिमा उमेदवारीबारे तीन प्रतिपक्षी दल छलफल गर्दै छन् । सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताबीच छलफल हुन लागेको हो ।
“अहिले सिंहदरबारमा कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच कुराकानी गर्दै छौँ,” एक सांसदले भने, “एमाले उमेदवारी नदिने कि भन्नेमा छ । अब छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।”
शुक्रबार (वैशाख ४) हुने संसदीय समिति सभापतिको निर्वाचनका लागि आज (वैशाख ३) मनोनयन हुँदै छ । मनोनयनका निम्ति दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ । त्यसअघि विपक्षी दल छलफलमा लागेका हुन् । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मध्याह्नमा संसदीय दलको बैठक बोलाएको छ ।