२०८३, कार्तिक १९ गते

Nov 04 2026

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा कारोबार भएको थियो ।

     

    गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij