२०८३, आश्विन १ गते

Sep 17 2026

संसदीय समितिले पायो नेतृत्व, १० मध्ये ९ विषयगत समितिमा रास्वपा

संसदीय समितिले पायो नेतृत्व, १० मध्ये ९ विषयगत समितिमा रास्वपा

रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ४ २०८३
  • काठमाण्डौं । संघीय संसद्अन्तर्गतका १० वटै संसदीय समितिले पूर्णता पाएका छन् । शुक्रबार बसेको समितिको पहिलो बैठकले नेतृत्व चयन गरेको हो ।​

    प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति छन् । जसमध्ये ९ विषयगत समितिको नेतृत्वमा रास्वपाले पाएको छ ।
    लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाएको छ ।

    १८२ सिटसहित संसद्‌मा रास्वपा दुईतिहाइ निकट रहेको छ । रास्वपाले दुई संयुक्त समितिको पनि नेतृत्व आफैंले राखेको छ ।

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार १० मध्ये ९ समितिमा सर्वसम्मत र एक समितिमा बहुमतको आधारमा नेतृत्व चयन भएको हो । 
    सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षलाई दिने अभ्यासअन्तर्गत कांग्रेसका भरत खड्का निर्विरोध निर्वाचित भएका छन् ।
    यता, कानून, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी 
    , पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजस्वी शेरचन,अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन सभापतिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी चयन भएका छन् । यी सबै रास्वपाबाट निर्वाचित सांसद हुन् ।

    त्यस्तै, संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापतिमा वोधनारायण श्रेष्ठ सर्वसम्मत चयन भए ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्की चयन भए । 
    समिति सभापतिहरूको शपथ ग्रहण आजै साँझ ४ बजे हुने बताईएको छ । 
    उनका अनुसार सार्वजनिक लेखा समितिको हलमा सभामुख डोलप्रसाद ९डीपी० अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij