२०८३, आश्विन २ गते

Sep 18 2026

राप्रपाले बोलायो अनुशासन समितिको बैठक

राप्रपाले बोलायो अनुशासन समितिको बैठक

रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
रोज नेपाल
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए । 

    बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ ।

    पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन् । 

     महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न हुँदै आएको छ । सोसहित अनुशासनको दायराभित्र पर्ने समग्र विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij