काभ्रे।हिजोआज डोको बुन्ने चलन हराउँदै गएको छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोबाट उत्पादित डोकोडालोलगायत लोप हुँदै गएको हो ।
तैपनि गाउँघरमा अझै डोकोडालो देखिन्छ भने सहरतिर पनि बेच्न फाट्टफुट्ट लिएर हिँडेको पाइन्छ । सो क्रममा बनेपामा एक स्थानीय डोको बुनिरहेका थिए ।
स्थानीयहरु निगालोको चोयाबाट उत्पादित डोको बजारमा लगेर बेच्ने गर्छन् ।