२०८३, आश्विन २ गते

Sep 18 2026

के कस्तो छ आजको सेयरबजारमा,

के कस्तो छ आजको सेयरबजारमा,

रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
रोज नेपाल
बिहिवार, बैशाख १० २०८३
  •  

    आज सेयरबजारमा वृद्धि देखिन थालेको छ । ५ लाखभन्दा बढीको प्रति कारोबारमा स्थायी लेखा नम्बर (प्यान) लागे पनि आजको कारोबार रकम र सूचक दुबैमा तिब्र वृद्धि आएको छ । आर्थिक वर्ष २०७५/७६ को अन्तिम प्रहर शुरु भएको छ । तेस्रो त्रैमासिक वित्तीय प्रकाशन हुने सँघारमा आइपुगेको बेला बजारमा वृद्धि देखिएको छ ।

     

    बैशाख महिना लागेपछि शेयरबजारमा वृद्धि आउनु स्वाभाविक पनि मानिन्छ । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहने र आगामी वर्षको लाभांश अनुमान गर्न सकिने बेला भएको हुँदा सोही अनुमानको आधारमा बजारमा किनबेच हुनुलाई सामान्य मान्नुपर्छ ।

     

    आज शेयर कित्ता, कारोबार संख्या र सूचक सबैमा वृद्धि आएको छ ।

     

    लगानीकर्ताको चाप भने वाणिज्य बैंक समुहमा नै बढी परेको कारोबार भएका शेयर संख्याले देखाएको छ ।आज कारोबारमा आएका सबै समूहको सूचक बढेको छ ।

     

    मर्जरको हल्लाले लगातार मूल्य बढिरहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर मूल्यआज बढ्दै अघिल्लो दिनको बन्द मूल्य १ सय ३५ रुपैयाँमा रोकिएको छ ।

     

    माउन्टेन हाइड्रोको आज पनि कारोबार हुन सकेन । नेपाल स्टक एक्सचेन्जले पहिलो कारोबार दायरा तोके पनि स्पेशल प्रि-ओपन सेसनमा यसको कारोबार हुन् नसकेको हुँदा निरन्तर सत्रमा कारोबार हुन सकेन । कम्पनीलाइ ९३ रुपैयाँ ७५ पैसादेखि २ सय ८१ रुपैयाँ २५ पैसासम्मको दायरा दिएको थियो ।

     

    माउन्टेन हाइड्रोले पाँचथर जिल्लाको हेवा खोलामा २२ मेगावाटको आयोजना निर्माणको अन्तिम चरणमा पुर्याएको छ । काबेली करिडोर प्रसारण लाइन नबन्दा आयोजनाले व्यापारिक उत्पादन गर्न ढिलाई भएको छ ।

     

    आज कारोबार मापन गर्ने सूचक २३ दशमलव ३३ अंकले बढेको छ ।

     

    आजको बजार संक्षेप

    कारोबार रकम

    ७४,२७,१८,७५१

     

    शेयर संख्या

    २४,११,६५०

     

    कारोबार संख्या

    ८,९७८

     

    कम्पनी संख्या

    १७०

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij