२०८३, कार्तिक २० गते

Nov 05 2026

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुँदै

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । कक्षा १२ को आजदेखि सुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

     बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदै छन् ।  २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । 

    यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत वर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij