२०८३, कार्तिक २० गते

Nov 05 2026

फर्जी विद्यार्थी देखाई ६ वर्षदेखि लुटतन्त्र

फर्जी विद्यार्थी देखाई ६ वर्षदेखि लुटतन्त्र

मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काभ्रे। खानिखाेला गाउँपालिका वडा नं.६ कोदाखोरिया मा अवस्थित बाल ज्योति आधारभूत विद्यालय कागजी रुपमा मात्रै सन्चालन भईरहेको पाईएको छ। विधालय भने विगत ६ वर्षदेखि नै बन्द भईसको र विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद घिमिरेले आफ्नो तलब  जोगाउनकै लागि फर्जी कागजात गाउँपालिकामा बुझाई  आफ्नो र साथै कार्यालय सहयोगी मन्दिरा घलान को समेत जाहिर जोगाएका छन्।

    विद्यालय बन्द भएकै कारण साना साना बालबालिकाहरू आफ्नो घरबाट टाढाको गाउँमा एक डेढ घण्टा लगाएर पढ्न जाने गर्दछन्। कतिपय अभिभावकहरुले आफ्ना बालबच्चा पढाउनकै लागि गाउँ समेत छोड्नुपरेको छ।

    बाल ज्योति आधारभूत विद्यालय एक्लै बस्नलाई डरलाग्दो अवस्थामा छ। वर्षौंदेखि विद्यालय बन्द भएका कारण वरिपरि रुख भुटान विद्यालयको प्राङ्गण भित्र झार हावाहुरी र पानीका कारण विद्यालयका गाह्रोहरूमा समेत घाँस पलाएको र भवनका कक्षाकोठा भित्र काठ दाउरा घराएनी सामग्रीहरू, आगो ताप्नको लागि बालिएका मुढाहरु इत्यादि पाइएको छ ‌।

    विद्यालयका प्रधानध्यापक घिमिरेले र कार्यालय सहयोगी घलानले सत्ताको आडमा फर्जी विद्यालय बाट पाउने सेवा सुविधा लिइरहेका छन् ‌। २०८२ सालमा १८ जना विद्यार्थी को तीन पुस्ते विवरण समेत बुझाइएको पाइएको छ। विद्यार्थीलाई दिवा खाजा, कपी कलम, छात्रवृति ,विद्यार्थी पोशाक मा आउने  रकम निज आफैले चलाएको पाइएको  छ।

    स्थानीयहरू भने वर्षौंदेखि विद्यालय बन्द भइरहँदा चिन्तित रहेका छन्। निरन्तरता लिइरहेको विद्यालय किन अलपत्र पारियो स्थानीयवासीहरूले अहिलेसम्म जवाफ पाएका छैनन् ‌

    बन्द विद्यालयको फर्जी कागजात बनाएर कागजमा विद्यालय सञ्चालन गरेको स्थानीयले थाहा पाएपछि स्थानीयले विरोध गरेका छन् । त्यसपछि गाउँपालिकाले सत्यतथ्य वुझ्नको छानविन समिति गठन गरेको छ । गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा सामाजिक विकास समिति संयोजक निशान मोक्तान, वडा अध्यक्ष वृहस्पति घिसिङ, शिक्षा शाखा प्रमुख चक्र बहादुर थापा रहेका छन् । कार्यपालिका बैठकले प्रधानाध्यापकलाई स्पष्टिकरण सोधेको छ । प्रधानाधयपक घिमिरेले विद्यार्थी कहिलेकाँही मात्रै आउने गरेको बताएका छन् । विद्यालय सञ्चालन भइरहेको उनको दाबी छ । शिक्षा शाखा प्रमुख थापाले एक दुईदिनमा वास्तविक अवस्था वुझेर प्रतिवेदन तयार पारेर कार्यपालिकामा वुझाउने बताए । त्यसपछि थप कानुनी प्रकृया अगाडी बढ्ने उनको भनाई छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij