२०८३, आश्विन १ गते

Sep 17 2026

जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री  मेहताको निर्देशन

जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री  मेहताको निर्देशन

रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

    जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।

    जेनजी आन्दोलनका स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।

    पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले छानबिनका लागि निर्देशन दिएकी हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij