२०८३, आश्विन २ गते

Sep 18 2026

मन्त्री सीता बादीका नगर्ने १० कामको सूची सार्वजनिक

मन्त्री सीता बादीका नगर्ने १० कामको सूची सार्वजनिक

रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गरेकी छन् ।

    मन्त्री बादीले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकालमा नातागोता, सम्बन्ध वा चिनजानको आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने स्पष्ट पारेकी हुन् ।

    शक्तिको दुरुपयोग नगर्ने र कानुन विपरीत कसैको भनसुन नसुन्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेकी छन् । विशेष गरी लागूऔषध, ठगी, तस्करीजस्ता गम्भीर अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन वा संरक्षण गर्न आफ्नो तर्फबाट कुनै प्रयास नहुने उनले उल्लेख गरेकी छन् ।

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने बताउँदै मन्त्री बादीले कुनै पनि बहानामा कमिसन वा घुस नलिने र यस्ता गलत कार्य भएको जानकारी पाएमा त्यसका विरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएकी छन्। महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायका मुद्दामा आफूले कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

    राज्यको स्रोत-साधनको दुरुपयोग नगर्ने घोषणा गर्दै उनले मन्त्रीको रूपमा पाइने अनावश्यक सुविधाहरू जस्तै क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी समेत नलिने घोषणा गरेकी छन् ।

    नागरिकका दुःख र अप्ठ्यारोमा सधैँ साथ दिने प्रण गर्दै मन्त्री बादीले भोट दिएको आधारमा कसैको दबाब वा प्रभावमा नपरी सबैलाई समान रूपमा सेवा गर्ने बताएकी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij