२०८३, आश्विन १ गते

Sep 17 2026

आज अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइँदै

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं  । आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ ।

    यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष अप्रिल २९ मा नृत्य दिवस मनाउने गरिएको छ । 
    आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरे (Jean-Georges Noverre )को जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य दिवस मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थाको नृत्य समितिले यो दिवस मनाउन सुरु गरेको हो ।

    यस दिन अर्थात अप्रिल २९ मा जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ । नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् ।

    नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ, नृत्यबिना संसार नै अधुरो हुन्छ । 

    नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिक बनेको छ । अहिले नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि हजारौंले रोजगारी पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij