२०८३, कार्तिक २० गते

Nov 05 2026

मेचीनगरमा चितुवा र हात्तीको आतंक

मेचीनगरमा चितुवा र हात्तीको आतंक

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौं। बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनानुदिन हुँ मानव बस्तीमा आउन थालेपछि जनजीवन आतंकित भएको छ ।

    बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौतारिएका थिए । मानवीय क्षति नहोस् भनेर चिया बगानमा दिनभर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हात्तीको निगरानी गरेको थियो । 

    “गाउँ पसेर क्षति गर्ला कि भन्ने डर त छदै थियो”, हात्तीको निगरानीमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुधबारेका इञ्चार्ज चन्द्र राउतले भन्नुभयो, “बिहानै बगानमा देखा परेको दुई हात्तीलाई हेर्न ठूलो सङ्ख्यामा वरिपरि भेला भएको भीडलाई हटाउन निक्कै गाह्रो पर्यो ।” 

    चिया बगान वरिपरिको भीड हटाउन प्रहरीले माइकिङ गरेको थियो । दिनभर बगानमा भौतारिएको हात्ती राति जङ्गलतिर लागेको थियो । 

    यसैगरी, मेचीनगर नगरपालिका–५ मा चितुवाले पशुधनमा क्षति पुर्याइरहेको छ । चितुवाले बाख्रा र सुँगुर दिनैपिच्छे खाने गरेको वडाध्यक्ष कनक कार्कीले बताउनुभयो । विगत वर्षदेखि नै मेचीनगर–१, २, ३, ४ र ५ मा चितुवाले स्थानीयवासीलाई त्रसित बनाएको हो । स्थानीयको पहलमा चितुवालाई लखेट्न युवाहरु जोखिम मोलेर रात्रि गस्तीमा हिँड्ने र पासो थाप्दै आएका थिए । 

    तर, चितुवा नियन्त्रण गर्न नसकिएपछि मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयसँग सहयोग मागेको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायत जिल्लाका प्रहरी र बन कार्यालयका प्रमुखलाई भेटेर चितुवा नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरिएको बताउनुभयो ।

      केही साताअघि बुद्धशान्ति गाउँपालिकामा गाउँ पसेको एउटा चितुवा नियन्त्रणमा लिने क्रममा मरेको थियो । जिल्लाको उत्तरी भेगका बुद्धशान्ति र मेचीनगरमा भारतबाट चितुवा आउने गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij