२०८३, कार्तिक २० गते

Nov 05 2026

जङ्गली हात्तीको आक्रमण: आमाछोरी घाइते

जङ्गली हात्तीको आक्रमण: आमाछोरी घाइते

रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
रोज नेपाल
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौं । वैशाख १७ गते । झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगी चोकनजिक हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा एउटै घरका आमाछोरी रहनुभएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति हात्तीको आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो। घरको बराण्डामा बसिरहेको अवस्थामा हात्तीले दुबै जनालाई घिसारेको जनाइएको छ ।

    तत्कालै स्थानीयले उद्धार गरेर उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिए। खड्काका अनुसार दुवै जनाको खुट्टामा ठुलो चोट लागेको छ । अचानक उक्त घरमा एउटा हात्ती आएको थियो ।

    यसैगरी झापाकै बुद्ध शान्ति गाउँपालिकाको बर्नेको जङ्गलमा तथा चियाबारीमा बुधबारदेखि २ वटा हात्ती देखिएको र स्थानीयले होहल्ला गरेर हात्तीलाई जिस्क्याउने कार्य गरेको भन्दै प्रहरीले यस्तो नगर्न आग्रह गरेको छ । हात्तीले मानवीय क्षति गर्न सक्ने बताउँदै होशियारी अपनाउन माइकिङ गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij