२०८३, कार्तिक २० गते

Nov 05 2026

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। 

    पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा शनिबार जारी प्रेश विज्ञप्ति अनुसार  पार्टीले १९ वटा समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।

    संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो।

     

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij