२०८३, कार्तिक २० गते

Nov 05 2026

ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य सङ्कटमा पर्ने ‘पुनर्जागरण भेला’को निष्कर्ष

ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य सङ्कटमा पर्ने ‘पुनर्जागरण भेला’को निष्कर्ष

रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य सङ्कटमा पर्ने ‘पुनर्जागरण भेला’को निष्कर्ष  छ ।
    नेकपा ९एमाले० भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले शनिवार काठमाडौंमा  आयोजित ‘पुनर्जागरण भेला’ ले त्यस्तो निष्कर्ष निकालेको हो । 

    भेलाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । हालैको चुनावी पराजयको मुख्य जिम्मेवारी वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी रहेको ठहर गर्दै सहभागीहरूले पार्टीमा पुस्तान्तरण अनिवार्य भएको बताएका छन् । 
    ओली नेतृत्वले पार्टीभित्र विचारको बहस र आन्तरिक लोकतन्त्रलाई समाप्त पारिएको आरोप लगाए । उनीहरूले ओलीले नेतृत्व नछाडे पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनीदिएका छन् । 

    करिब १३० जना नेता–कार्यकर्ताको सहभागिता रहेको चार घण्टे भेलाले पार्टी अध्यक्षले एकलौटी रूपमा कब्जा गरेको, युवा नेतृत्वलाई गुटबन्दीको आरोप लगाएर भूमिकाविहीन बनाइएको र आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप लगाएको छ ।

    भेलाले सातवटै प्रदेशमा ‘पार्टी पुनर्जागरण तथा पुस्तान्तरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि विशेष महाधिवेशनको मागसहित देशव्यापी बहस र हस्ताक्षर सङ्कलनलाई तीव्रता दिने योजना बनाइएको छ । 

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij