२०८३, आश्विन १ गते

Sep 17 2026

कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् ।

    गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

    उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ ।

    नदीमा बेपत्ता भएका किशोरहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij