२०८३, कार्तिक २० गते

Nov 05 2026

कांग्रेसले गर्यो पार्टीका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय

कांग्रेसले गर्यो पार्टीका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय

रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रातृ संघका केन्द्रीय समितिहरूलाई विघटन गर्ने निर्णय गरेको हो।

    कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले महाधिवेशन गर्न नसकेको भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय भएको जानकारी दिए।

    नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिइसकेको र अन्यले समयमा अधिवेशन गर्न नसकेको भन्दै समितिहरू स्वतः विघटन भएको घोषणा गरिएको कार्यवाहक मुख्य सचिव दुलालले बताए

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij