काभ्रे। काभ्रेपलाञ्चोक जिल्ला भित्र रहेको बनेपा नगरपालिकाले उक्त नगर भित्र रहेका बालबालिकालाई काम लगाई रहेको छ छैन भनि अनुगमन अघि सारेको छ।
बालश्रम मुक्त बनाउने अभियानमा लागेको बनेपा नगरपालिकाले आज वडा ९ र १० मा अनुगमन गर्दै छ। बालबालिकाले पाउनु पर्ने अधिकार प्राप्त र बालश्रम अन्त्यका निम्ति यो अनुगमन अघि सारिएको नगर प्रमुखले बताउनु भयो।
१६ बर्ष भन्दा तलका बालबालिकालाई कुनै पनि किसिमले प्रलोभन,डर त्रास , धम्की देखाई ललाई फकाई गरी काम गर्न लगाएको थाहा पाएमा निजलाई कडा भन्दा कडा कारवाही समेत हुने अनुगमन टोलीले बताए ।