२०८३, आश्विन २ गते

Sep 18 2026

गोठाटार तेक्वान्दो डोजाङ्गको जुनियर खेलाडीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न

गोठाटार तेक्वान्दो डोजाङ्गको जुनियर खेलाडीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न

शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • काठमाडौं । गोठाटार तेक्वान्दो डोजाङ्गको जुनियर खेलाडीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ । 
    तेक्वान्दो प्रशिक्षक तथा डोजाङ्ग सन्चालक प्रेम भण्डारीको अध्यक्षता तथा युवा व्यवसायी एवं समाजसेवी ज्ञानेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको हो । 
    कार्यक्रममा डोजाङ्गका सिनियर खेलाडीहरु,खेलाडीका अभिभावकहरु तथा बिभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 
    डोजाङ्गमा प्रशिक्षण लिई रहेका जुनियर खेलाडीरुलाई दक्षताको आधारमा ग्रेडिङ मार्फत बेल्ट वितरण गरिएको हो । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा व्यवसायी ज्ञानेन्द्र गौतमले नेपाल सरकार तथा सम्बन्धित निकायले खेलाडीहरुलाई सम्मानजनक व्यवहार गर्न नसकेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको थियो भने आफुले सके सम्म खेल र खेलाडीको हितकोलागि सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । 
    कार्यक्रममा ग्रेडिङ मार्फत माथिल्लो तहमा पुग्न सफल खेलाडीहरुलाई बेल्ट वितरण गर्नुको साथै कार्यक्रमका अतिथि तथा प्रमुख अतिथि लाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 
    तेक्वान्दो प्रशिक्षक तथा डोजाङ्ग अध्यक्ष एवं संस्थापक प्रेम भण्डारी सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको अध्यक्ष एवं जन्मदाता हुनुहुन्छ । उहाँ एसियन तेक्वान्दो युनियनको युवा  समिति सदस्य समेत हुनुहुन्छ भने हाल ७ औं डानको लागि तयारी गरिरहनु भएको छ । 
    भण्डारी बिगत ३६ बर्ष देखि तेक्वान्दो खेलमा सकृय हुनुहुन्छ भने ३० बर्ष देखि स्वयंसेवी प्रशिक्षककोरुपमा समेत चिनिदै आउनु भएको छ । उहाँ राष्ट्रिय खेलाडी मात्र नभएर विश्वव्यापी रुपमा हालसम्म १८ वटा देशमा खेल खेल्दै धेरै पदकहरु जित्न सफल हुनु भएको छ । नेपालमा उहाँलाई लोकप्रिय गुरु भनेर समेत चिनिने गरेको छ । 

    7e66b888-c88c-4ea8-953f-d04a914ee7b7.jpg
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij