काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार बैठक आज साँझ ६ बजेदेखि केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकको कार्यसूची:
१. भेला, अधिवेशन विशेष तालिका ।
२. आयोग, विभाग पदाधिकारी मनोनयन ।
३. जिल्ला समिति विघटन ।
४. अनुशासनात्मक कारबाही सम्बन्धमा।
५. केन्द्रीय समिति बैठक ।
६. विविध ।