२०८३, आश्विन २ गते

Sep 18 2026

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका गोपालीको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij