२०८३, आश्विन १ गते

Sep 17 2026

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा पदमुक्त

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा पदमुक्त

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • ताप्लेजुङ । निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।

    दल त्याग वा परिवर्तन गरेका जनप्रतिनिधिलाई पदमुक्त गरिएको निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको थियो । 

    एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) लगायतले पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी बनाएपछि लामाले दल त्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो ।

    जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुँदाको दलहरु एकीकरण पछिको नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध नभइ एमालेमा प्रवेश गरेका कारण लामाको पद गुमेको हो ।

    आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गर्नेलाई पदमुक्त गरेको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij