२०८३, कार्तिक २० गते

Nov 05 2026

दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउन’सार्वजानिक

दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउन’सार्वजानिक

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • दोलखा । दोलखाली गायिका उषा गजुरेलको नयाँ गित ‘पप्पी देउन’ यतिबेला युवापुस्तामाझ लोकप्रीय बनेको छ ।

    उषाको पछिल्लो गित ‘पप्पी देउन’ छोटो समयमै लोकप्रीय बनेको हो । उनको आफ्नै स्वर, शव्द र संगित रहेको पप्पी देउन गितको युट्युव र टिकटकमा लोकप्रीयता बढिरहेको छ ।

     

    एक साताअघि रिलिज भएको गितको युट्युवमा २ लाख २ हजार भन्दा बढी भ्युज गएको छ भने टिकटकमा करिव ७ हजार भिडियो बनेका छन् । पप्पी देउन गित गत आईतबार उषा गजुरेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

    आफ्नै स्वर, शब्द र संगित रहेको पहिलो गित

    नेपाली गायन रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बाट उदायकी गायिका गजुरेलका एक पछि अर्का गितहरु लोकप्रीय बनिरहेका छन् । यसअघि उनको यो सोझो पल्कियो, मौसम, हजुरकै मायाले, मायाको सम्झना दिनमा लाखचोटी लगाएतका गितले पनि लोप्रीयता बटुलिसकेका छन् ।

    दुई दर्जन बढी गितमा स्वर दिएकी गायिका गजुरेलको पप्पी देउन सातौँ गित हो । तर उनको आफ्नै स्वर, शब्द र संगित रहेको भने यो पहिलो गित हो । उनले पछिल्लो समय लोक तथा आधुनिक गीतमा चर्चा कमाएकी छिन् ।

    युवा पुस्ताको प्रेमिल भाव

    ‘पप्पी देउन’ गित युवापुस्ताको प्रेमलाई लक्षित गरि बनाईएको छ । यो गितको म्युजिक भिडियोमा अल्लारे युवा पुस्ताको प्रेमिल जोडीको कथा देख्न सकिन्छ ।

    ‘पप्पी देउन’ गितको म्युजिक एरेञ्जर श्यामश्वेत रसाईली रहेका छन् भने कोरियोग्राफर/निर्देशक मौसम हिमाली हुन् । गितको म्युजिक भिडियोमा सुन्दर घलान र जुना विश्वकर्माको नृत्य तथा अभिनय रहेको छ ।

    https://youtu.be/S4j3WjdFEnk?list=RDS4j3WjdFEnk&t=117

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij