२०८३, कार्तिक २० गते

Nov 05 2026

२५ वर्षदेखि साइकलमा घुमेर रिपोर्टिङ गर्दै  पत्रकार दिनेश ठाकुर

२५ वर्षदेखि साइकलमा घुमेर रिपोर्टिङ गर्दै  पत्रकार दिनेश ठाकुर

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • नेपालगन्ज : बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्म लिएका पत्रकार दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकलमा चढेर ठाउँ ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका छन् । ठाकुर बाँके जिल्ला विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका एक परिचित युवा पत्रकार तथा सामाजिक अभियन्ता समेत  हुन् ।

    उनी लामो समयदेखि पश्चिम नेपालको पत्रकारिता, मानव अधिकार र सामाजिक संघ-संस्थामा नेतृत्वदायी भूमिकामा रहेर क्रियाशील रहिरहेका छन् । २०५४ सालदेखि बाल भित्ते पत्रिकामा गीत, गजल, गाउँ घरका घटनाहरु चार्ट पेपरमा लेखेर पत्रकारिता सुरु गरेका ठाकुरले २०६२/६३ सालदेखि नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेस वाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिक थुप्रै पत्रपत्रिकामा काम गरेका ठाकुरले विगत १३ वर्षदेखि भने लोकप्रिय सन्देश दैनिक पत्रिका र www.sarakhabar.com मा काम गरिरहेका छन् ।

    उनले  सगरमाथा टेलिभिजन , नेपाल वन टेलिभिजन , पश्चिमी सराेकार दैनिक , नव मधेश जागर हिन्दी दैनिक ,सराखबर डट . कम, लाेकपिय सन्देश दैनिक मधेशवाणी लगायतका सञ्चार माध्यमहरूमा आबद्ध भई राजनीति, समाज, पर्यटन र समसामयिक मुद्दाहरूमा कलम चलाउँदै आएका छन् ।

    उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचित कार्यसमिति सदस्य हुन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा उनी कार्यसमिति सदस्य पदमा विजयी भएका थिए । ठाकुर  नेपालगञ्जमा क्रियाशील तत्कालीन प्रेस चाैतारी बाँके,प्रेस सङ्गठन बाँकेको जिल्ला कार्यसमिति सदस्यका रूपमा समेत मनोनित भई व्यावसायिक हकहितका लागि सक्रिय रहेका थिए ।

    उनी बाँके जिल्लामा इमानदार पत्रकारको रुपमा चिनिन्छन् । पत्रकार ठाकुर  पत्रकारिताका साथ साथै उनी मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी मानव अधिकारवादी संस्था मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका छन् । सामाजिक कार्यहरूमा युवाहरूको सहभागिता बढाउन स्थापना गरिएको नेपाल युवा क्लब बाँकेको अध्यक्षका रूपमा समेत सर्वसम्मत चयन भई सामाजिक क्षेत्रको नेतृत्व गरिरहेका छन् ।

    समग्रमा, दिनेश ठाकुर बाँके र नेपालगञ्ज क्षेत्रको पत्रकारिता, मानव अधिकार रक्षा र सामाजिक अभियानहरूमा अग्रसर रहने एक ऊर्जावान् व्यक्तित्व हुन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij