२०८३, कार्तिक ९ गते

Oct 25 2026

‘आचार्य’मा निखिलको नयाँ एक्सन अवतार, ट्रेलर सार्वजनिक

‘आचार्य’मा निखिलको नयाँ एक्सन अवतार, ट्रेलर सार्वजनिक

रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
रोज नेपाल
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । नेपालमा विदेशी फिल्मको दबदबा बढिरहेका बेला अभिनेता निखिल उप्रेती एक्सनप्रधान फिल्म ‘आचार्य’ लिएर दर्शकमाझ छाउने भएका छन्।

    निर्माण, निर्देशन र अभिनयसमेत निखिलकै रहेको फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

    असोज ९ गतेदेखि फिल्म प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।सार्वजनिक ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।  परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्मलाई एक्सनप्रधान मास इन्टरटेनरका रूपमा प्रस्तुत गरेको देखिन्छ।


    यसअघि निर्माण, निर्देशन तथा अभिनय गरेको फिल्म ‘भैरव’ बाट एक्सन अवतारमा चर्चा पाएका निखिलले ‘आचार्य’मा एक्सनलाई थप फराकिलो बनाएको ट्रेलरबाट देखिन्छ। पछिल्लो समय नेपाली फिल्ममा कम हुँदै गएको मास इन्टरटेनर शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयासस्वरूप फिल्म निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।
    विदेशी फिल्मको प्रभाव बढिरहेका बेला नेपाली बजेट, कन्टेन्ट र श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ निर्माण गरिएको निखिलले बताए।


    ‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौँ। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौँ भने जंग जित्नु छ,’ उनले भने।
    हरेक फिल्ममार्फत केही नयाँ प्रस्तुत गर्ने प्रयास गर्दै आएको बताउँदै निखिलले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको बताए

    ‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु। दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ,’ उनले कार्यक्रममा भने।
    फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतीले ‘आचार्य’बाट नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी छन्।

     फिल्ममा दीपजङ्ग राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय छ।
    फिल्मको एक्सन निर्देशन शुक्रराज शाह, छायांकन सौरभ लामा, मनु विक र नवराज थापा तथा सम्पादन बन्दे प्रसादले गरेका छन्। नेपालमा फिल्मको वितरण मनोज राठीले गर्नेछन् भने नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij