२०८३, कार्तिक ९ गते

Oct 25 2026

इन्द्रजात्राको मुख्य रथयात्रा हुँदै, वसन्तपुरमा विशिष्ट अतिथिको उपस्थिति

इन्द्रजात्राको मुख्य रथयात्रा हुँदै, वसन्तपुरमा विशिष्ट अतिथिको उपस्थिति

रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य दिन आज वसन्तपुर दरबार क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

    इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, मन्त्रीहरू, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख–उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका  छन् ।

    परम्पराअनुसार राष्ट्रपति पौडेलले वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

    इन्द्रजात्राको मुख्य रथयात्रा केही बेरमा सुरु हुँदैछ । प्रधानमन्त्री वालेन्द्र शाह पनि इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्ने कार्यक्रम रहेको छ ।

    indrajatra-(10)_rve4QOUDI0.webp
    indrajatra-(12)_vxuUJZMjxQ.webp
    undefined

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij