२०८३, कार्तिक ९ गते

Oct 25 2026

दशौँ राष्ट्रिय खेलकुदका पदक विजेता बागमतीका खेलाडीलाई नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदका पदक विजेता बागमतीका खेलाडीलाई नगद पुरस्कार

रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
रोज नेपाल
आइतवार, आश्विन १८ २०८३
  • हेटौँडा ।  बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।

    प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । 

    आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा बागमतीले २२ खेलमा सहभागिता जनाउने परिषद्ले जनाएको छ ।

    प्रतियोगिताका लागि जिल्लास्तरबाट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखेर तयारी गराइनेछ  ।

    पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने निर्णयले प्रतियोगितामा सहभागी बागमतीका खेलाडीको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij