काठमाडौं आज सुनचाँदीको भाउ नेपाली बजारमा घटेको छ। आज शुक्रबार सुनको मुल्य तोलामा ४ हजार घटेर, २ लाख ९८ हजार ५ सय प्रतीतोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले जनाएको छ।
हिजो विहिबार सुन तोलामा ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी तोलाको ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो विहिबार चाँदी तोलाको ५ हजार७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।