२०८३, भाद्र ३१ गते

Sep 16 2026

प्रधानमन्त्री शाह विपद् प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा

प्रधानमन्त्री शाह विपद् प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा

रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
रोज नेपाल
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा बाढीपछिको अवस्था, तत्काल चाल्नुपर्ने कदम, राहत तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको छ।

    छलफलमा प्रभावित स्थानीय तहका प्रमुख, प्रतिनिधिसभा सदस्य तथा अन्य जनप्रतिनिधिहरू सहभागी छन्।

     
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij