२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९९ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३९९ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता

रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ। बाढीपछि अझै ५ हजार १७९ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२ तथा रसुवामा १८९ जनाको शव भेटिएको छ।

    त्यस्तै, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको विवरणमा उल्लेख छ। बाढीबाट घाइते भई उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

    फेला परेका शवमध्ये हालसम्म १०४ जनाको मात्र सनाखत भएको छ। पहिचान हुन बाँकी शवको सनाखतका लागि डीएनए परीक्षणलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ७४२ जनाको उद्धार भइसकेको छ।

    विपद्पछि प्रभावित नागरिकको स्वास्थ्य तथा मनोसामाजिक आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ।

    यसैबीच, नेपाल प्रहरीले विभिन्न क्षेत्रमा सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतनामूलक कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij