२०८३, आश्विन १ गते

Sep 17 2026

‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन,तत्काल बजारबाट फिर्ता गर्न गुण नियन्त्रण विभागको आदेश

‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन,तत्काल बजारबाट फिर्ता गर्न गुण नियन्त्रण विभागको आदेश

रोज नेपाल
शुक्रवार, जेठ १ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

    यशोधा फुड्सबाट उत्पादन हुँदै आएका १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका ती उत्पादन तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो ।

    विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उत्पादन नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको  पाइएको जनाएको हो ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij