२०८३, आश्विन १ गते

Sep 17 2026

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसदलाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उनले जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने बताए ।

    उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले ख्याल गर्नु पर्दछ ।’

    उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij