२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाली भेट्रान राइडर विक्रमले जापानमा जिते उपाधि

नेपाली भेट्रान राइडर विक्रमले जापानमा जिते उपाधि

सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । नेपाली भेट्रान राइडर विक्रम थापाले जापानमा आयोजित मोटरसाइकल क्लब रेसिङमा उपाधि हात पारेका छन्।

    आइतबार टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न २४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पूरा गर्दै २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले जित हासिल गरेका हुन्।

    ३७३ सिसिसम्मको सिंगल सिलिण्डर वा २५० सिसिको ट्विन सिलिण्डर मोटरसाइकल श्रेणीअन्तर्गतको चौथो राउण्डमा विक्रम फस्ट पोजिसनमा पुगे।

    रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका विक्रम करिब एक दशकदेखि जापानमा व्यवसायमा संलग्न रहँदै मोटरसाइकल रेसिङमै निरन्तर सक्रिय छन्। उनी नेपालमा मोटरसाइकल रेसिङलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने प्रारम्भिक पुस्ताका प्रमुख पात्रसमेत हुन्।विक्रमले यसअघि एशिया कप अफ रोड रेसिङ, सुजुकी एसियन च्यालेन्ज जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए। सन् २०१४ मा बेजिङमा भएको एफआइए यङ ड्राइभर्स एक्सिलेन्स एकेडेमी ट्रेनिङमा नेपालबाट छनोट हुने पनि उनी नै थिए। २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि पनि उनले जितेका थिए।

    गत वर्ष नेपाल अटोमोबाइल्स एसोसिएसनले उनलाई “च्याम्पियन्स अवार्ड” प्रदान गरेको थियो। हाल जापानमा नेपाली र अन्य मोटरस्पोर्ट्स पारखीहरू सक्रिय बन्दै गइरहेका बेला विक्रमकै पहलमा “मोटो–जाप नेपाल” क्लबलाई संस्थागत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij