२०८३, आश्विन १ गते

Sep 17 2026

आज पनि एमाले सचिवालयको बैठक बस्दै

आज पनि एमाले सचिवालयको बैठक बस्दै

रोज नेपाल
शनिवार, जेठ ९ २०८३
रोज नेपाल
शनिवार, जेठ ९ २०८३
  • काठमाडौँ / नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । 

    शुक्रबारको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताइएको छ । बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ ।

    यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij