२०८३, आश्विन १ गते

Sep 17 2026

नेकपा एमाले सचिवालय बैठक आज फेरि बस्ने, ओलीले जवाफ दिने

नेकपा एमाले सचिवालय बैठक आज फेरि बस्ने, ओलीले जवाफ दिने

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक फेरि आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको आफ्नै निवास भक्तपुर स्थित गुन्डुमा बस्नेछ।

    बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् ।

     शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । १९ सदस्यीय सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले अहिलेसम्म पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् ।

    विगतमा ओली पक्षमा खरो देखिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पनि पार्टी पुनर्गठनमा जोड दिएका छन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले मात्र खुलेर ओलीको प्रतिरक्षा गरेका छन् ।

    बैठकको अन्तिममा आज अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिने कार्यक्रम छ । बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ ।

    यस्तै, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन तथा निर्वाचन समीक्षा कार्यदल गठन हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij