२०८३, आश्विन १ गते

Sep 17 2026

इरानसँग शान्ति सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ ट्रम्पको दावी

इरानसँग शान्ति सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ ट्रम्पको दावी

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् ।

     

    ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा उनले बताए ।

    ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिएका छैनन् । तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ ।

     

    रिपोर्टअनुसार, ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij