२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा डा परितोष पौड्याल निर्वाचित

राष्ट्रिय सहकारी बैंकको सञ्चालकमा डा परितोष पौड्याल निर्वाचित

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशतर्फको सञ्चालक पदमा सहकारी अभियन्ता डा। परितोष पौड्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवार रामशरण शर्मा घिमिरेलाई २७५ मतान्तरले पराजित गर्नुभएको हो ।

    निर्वाचनमा डा पौड्यालले १ हजार ८२७ मत प्राप्त गर्दा घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नुभयो । सातै प्रदेशमा मतदान सम्पन्न भएको थियो । गण्डकी प्रदेशमा पौड्यालले सबैभन्दा फराकिलो अग्रता बनाउँदै ३२४ मत प्राप्त गर्दा घिमिरेले ८० मत मात्र पाउनुभएको थियो ।

    यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीच चुनावी तालमेल भएको थियो । एमाले निकट दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सहकारी वृत्तमा चुनावले विशेष चर्चा पाएको थियो ।

    निर्वाचनपछि डा पौड्यालले बैंकलाई अझ सुदृढ, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर सबै सदस्य संस्थाको साझा बैंकका रूपमा विकास गर्ने बताउनुभयो ।

    बैंकको विनियमअनुसार निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था रहेको छ । बागमती प्रदेशबाट निर्वाचित पौड्याल बैंकको अध्यक्षको प्रमुख दाबेदारका रूपमा समेत हेरिनुभएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij