२०८३, आश्विन १ गते

Sep 17 2026

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् ।

    यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा प्रदेश सरकारका प्राथमिकताहरूमाथि केन्द्रित रहने बताइएको छ । चालू हिउँदे अधिवेशन जेठ १ गते मध्यरातदेखि अन्त्य गरिएसँगै सरकारले बजेट निर्माण र वर्षे अधिवेशनको तयारी चुस्त बनाएको थियो ।

    आगामी बैठकहरूमा प्रदेश सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) प्रस्तुत गर्नेछ, जसमाथि सांसदहरूले परिमार्जन र सुझावका लागि विस्तृत छलफल गर्नेछन् । त्यसपश्चात् प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गतेभित्र आगामी आर्थिक वर्षको पूर्ण बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij