२०८३, आश्विन १ गते

Sep 17 2026

कस्तो छ लुम्बिनीको नीति तथा कार्यक्रम ? [पूर्णपाठ]

कस्तो छ लुम्बिनीको नीति तथा कार्यक्रम ? [पूर्णपाठ]

रोज नेपाल
सोमवार, जेठ ११ २०८३
रोज नेपाल
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ। नीति तथा कार्यममा कृषि, पर्यटन, उद्योग, वन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ। 

    सोमबार प्रदेश प्रमुख अमिक शेरचनले जनशक्तिको व्यवस्थापन तथा क्षमता विकास, अन्तर तहगत समन्वय र सहकार्य, सेवाग्राहीमैत्री सूचना प्रविधि लगायतका शासकीय सुधार र सुशासन सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

    नीति तथा कार्यक्रममा व्यावसायिक कृषिः लुम्बिनी प्रदेशको समृद्धि भन्ने नारालाई आत्मसाथ गर्दै खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्न र कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिइएको छ।

    प्रदेश सरकारले यसअघि नै अगाडि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई समेत समेटिएको नीति तथा कार्यक्रममा रोजगारी सृजना, संघीयताको सबलीकरण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।

    हेर्नुहोस् नीति तथा कार्यक्रमको पूणर्पाठ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij