२०८३, आश्विन १ गते

Sep 17 2026

पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीको आरोप, महासंघद्वारा ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धम्कीको आरोप, महासंघद्वारा ध्यानाकर्षण

रोज नेपाल
मंगलवार, जेठ १२ २०८३
रोज नेपाल
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं । वरिष्ठ पत्रकार Kishor Shrestha माथि प्रहरीद्वारा निगरानी राखिएको र ध’रपक’डको प्रयास भएको तथा विभिन्न व्यक्तिबाट धम्कीसमेत आएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ।

    महासंघका अनुसार समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठमाथि दबाब, निगरानी र सम्भावित पक्राउको प्रयास भएको गुनासो आएको हो। यस विषयमा महासंघले गम्भीर चासो व्यक्त गर्दै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ।

    महासंघले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक मूल्यको आधार भएकाले पत्रकारमाथि कुनै पनि प्रकारको धम्की वा दबाब स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, सम्बन्धित निकायलाई छानबिन गरी आवश्यक कारबाही गर्न पनि माग गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij