२०८३, आश्विन १ गते

Sep 17 2026

संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद

संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद

रोज नेपाल
मंगलवार, जेठ १२ २०८३
रोज नेपाल
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङ प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालिएकी छन् । मंगलबार मर्यादापालकले सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका हुन् ।

    यस विषयमा कांग्रेस सचेतक बासना थापाले सांसद सेन्दाङलाई बैठकबाट निकालेको विषयमा संसद्को ध्यानाकर्षण गराउने भएकी छन् । कांग्रेस सांसद गीता गुरुङले आजकै संसद् बैठकमा पार्टीका तर्फबाट सचेतक थापाले सांसद सेन्दाङलाई बाहिर निकालेको विषयमा सभामुख अर्यालको ध्यानाकर्षण गराउने जानकारी दिइन् ।

    बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।

    ‘उहाँले भिडियो बनाउनु भएछ । त्यही भएर हो । तर, नियमावलीमा सभामुखले वार्निङ दिएरमात्रै मर्यादापालक लगाउनुपर्ने भन्ने रहेछ । अहिले हाउस केहीबेर स्थगित भएको छ,’ सांसद गुरूङले भनिन्, ‘हाउस सुरू भएपछि यो विषयमा सचेतकले ध्यानाकर्षण गराउनुहुन्छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij