२०८३, आश्विन १ गते

Sep 17 2026

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
रोज नेपाल
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा  छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।

    आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

    त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij