काठमाण्डौं । कृषि अभियन्ता तथा दुर दृष्टिका सञ्चालक विष्णु काफ्लेले राज्यले उत्पादनमुखि कार्यक्रम लागु गरेमा मात्र देशको समृध्दि हुने बताएका छन् ।
संचारकर्मीहरुसँग काफ्लेले हामीले माटोलाई मारेर उत्पादन खोजिरहेको भन्दै काफ्लेले भर्मिङ कम्पोष्ट (गँड्यौला मल) को प्रयोग गरेर स्वच्छत्तर उत्पादन गर्न आम कृषक समुदाय र सरोकारबालाहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन् उत्पादनमुखि कार्यक्रम राज्यले ल्याउनु पर्छ ।
उत्पादन छैन भने जीवन नचल्नेभन्दै उनले किसानको हितका लागि आगामी बजेटले समेटोस । किसानसँग राज्य जोडिनु पर्छ ताकि विचौलियासँग होईन उनि भन्छन् । बास्तविक काम गर्ने किसानहरुको खोजि गर्दैे उत्पादन र उत्पदकत्व बृध्दिमा राज्यको जोड रहनु पर्ने बताए ।