२०८३, आश्विन १ गते

Sep 17 2026

कम्बोडियामा अवैध रूपमा बसेका ६०२ नेपालीको जरिवाना मिनाहा,तत्काल स्वदेश फर्किन आग्रह

कम्बोडियामा अवैध रूपमा बसेका ६०२ नेपालीको जरिवाना मिनाहा,तत्काल स्वदेश फर्किन आग्रह

रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौं । कम्बोडिया सरकारले अवैध रुपमा बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ ।

    थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले भिसा अवधि नाघेर पनि बस्दै आएका ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले सूचना जारी गर्दै कम्बोडियामा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।

    साथै विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि ‘वन वे ट्राभल डकुमेन्ट’ तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ ।

    दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई ‘वन वे ट्राभल डकुमेन्ट’ उपलब्ध गराएको हो । एक महिनाको अवधिभित्र स्वदेश नफर्किने विदेशी नागरिकमाथि कम्बोडियाले लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने दुतावासले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij