२०८३, आश्विन १ गते

Sep 17 2026

धुलिखेल अस्पतालमा उपचार क्रममा विवाद चर्कियो, सुत्केरीको मृत्युपछि तनाव, झडपमा दुई जना घाइते

धुलिखेल अस्पतालमा उपचार क्रममा विवाद चर्कियो, सुत्केरीको मृत्युपछि तनाव, झडपमा दुई जना घाइते

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • काभ्रे — धुलिखेल अस्पतालमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि वेथानचोक गाउँपालिका–१ मा तनावपूर्ण अवस्था सिर्जना भएको छ। चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनप्रति आक्रोश व्यक्त गरेका थिए।

    घटनापछि आक्रोशित समूह र अस्पताल प्रशासनबीच विवाद बढ्दै जाँदा स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताइएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन अस्पताल प्रशासनले स्थानीय युवाहरूलाई बोलाएको र त्यस क्रममा झडपसमेत भएको स्थानीय स्रोतले जनाएको छ।

    झडपका क्रममा ढुंगामुढा भएको र दुवै पक्षबीच हात हालाहालसमेत भएको बताइन्छ। घटनामा अस्पतालका एक कर्मचारी तथा पीडित पक्षका एक जना घाइते भएका छन्। घाइते दुवैजनाको अहिले धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।

    प्रहरीले घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको र थप अनियन्त्रित स्थिति हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। हाल अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    स्थानीय बासिन्दाले चिकित्सकीय लापरबाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन्। यता अस्पताल प्रशासनले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक नगरेको बताइएको छ।

    घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij