२०८३, आश्विन १ गते

Sep 17 2026

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी?

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी?

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र त्यहाँका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। उनीहरूबीच क्रस बोर्डर कनेक्टिभिटी तथा आवागमनलाई थप सुदृढ बनाउने, सीमापार आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापनमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।

    गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचन रास्वपाको विजयको लागि बधाई दिँदै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

    दुवै पक्षले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij