२०८३, आश्विन १ गते

Sep 17 2026

लुम्बिनी सरकारमा मन्त्री हेरफेरको तयारी, एमालेका चार मन्त्रीले बुझाए राजीनामा

लुम्बिनी सरकारमा मन्त्री हेरफेरको तयारी, एमालेका चार मन्त्रीले बुझाए राजीनामा

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा मन्त्रीमण्डल पुनर्गठनको तयारी स्वरूप नेकपा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

    मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेको कोटाबाट मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले लिखित रूपमा पद त्याग गरेका हुन्।

    हाल लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य हुन्। पार्टीभित्र मन्त्रीमण्डलमा नयाँ अनुहार ल्याउने तयारी भइरहेको चर्चा चलिरहेका बेला मन्त्रीहरूको राजीनामा आएको हो।

    एमाले स्रोतका अनुसार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेतृत्वलाई अवसर दिने विषयमा छलफल भइरहेको छ। यद्यपि यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन।

    एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल ले मन्त्री परिवर्तन सम्बन्धी निर्णय केन्द्रसँगको समन्वयमा गर्ने अधिकार प्रदेश नेतृत्वलाई प्राप्त भएको बताएका छन्।

    मन्त्रीहरूको राजीनामापछि लुम्बिनी प्रदेश सरकारमा नयाँ नियुक्ति र जिम्मेवारी हेरफेरको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij