२०८३, आश्विन १ गते

Sep 17 2026

१० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न वीरगञ्ज नाकाबाट आयात

१० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न वीरगञ्ज नाकाबाट आयात

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • पर्सा । चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको वीरगञ्ज नाका बाट खाद्यान्न आयात भएको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका जानकारी अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा वीरगञ्ज नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड रुपैयाँ अर्थात् १५ प्रतिशतले गिरावट आएको छ ।

    गत आवको १० महिनामा वीरगञ्ज नाकाबाट २४ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

    चालु आवमा १० अर्ब ९४ करोड रुपैयाँ मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड रुपैयाँ मूल्यको मकै आयात र दुई अर्ब ८५ करोड रुपैयाँको चामल आयात भएको छ ।

    यसैगरी, ५९ करोड रुपैयाँ मूल्यको माल्ट र ३३ करोड रुपैयाँ मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विष्टले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij